राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनित
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी मनोनित भएका छन्।
पार्टी केन्द्रीय कार्यालयद्वारा जारी गरिएको आधिकारिक पत्र अनुसार टोखा ६, काठमाडौं निवासी केसीलाई सो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा हस्ताक्षरित पत्र अनुसार रास्वपा पार्टी सचिवालयको मिति २०८३ जेठ १८ गते बसेको बैठकले केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनयन गर्ने निर्णय गरेको हो। निर्णय लगत्तै केन्द्रीय कार्यालयले उनलाई मनोनयन गरिएको बारे औपचारिक जानकारी गराएको छ।
पार्टीले नवनिवर्चित प्रमुख केसीले रास्वपाको विधान, नीति, सिद्धान्त तथा निर्वाचन आयोगको नियमावली र कार्यविधि बमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
रास्वपाले आफ्नो सङ्गठनात्मक संरचना र आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउँदै लैजाने क्रममा निर्वाचन आयोगमा यो नयाँ नियुक्ति गरेको बुझिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया