रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच आज भेट हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन् । पाँच दिने भारत भ्रमणमा रहेका सभापति लामिछानेले गृहमन्त्री शाहसँग भेटवार्ता गर्न लागेका हुन् ।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने लामिछानेले अपेक्षा गरेको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया