Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

सीटीईभीटी उपाध्यक्ष र सदस्य सचिवका लागि आवेदन खुला


काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष र सदस्य सचिव पदका लागि आवेदन माग गरिएको छ।

सिफारिस समितिले दुवै पदका लागि इच्छुक उम्मेदवारलाई ७ दिनभित्र आवेदन दिन समयसीमा तोकेको छ। आवेदन सम्बन्धित निकायमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस अनुसार दरखास्त शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारअन्तर्गत रहेको प्राविधिक शिक्षा शाखामा बुझाउनुपर्ने जनाइएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् का पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएसँगै योग्य उम्मेदवारबाट आवेदन आह्वान गरिएको हो। साथै शिक्षा तथा खेलकुद मन्त्रालय ले तोकिएको समयसीमाभित्र आवेदन पेस गर्न आग्रह गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट