गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्का चढ्ने गाडी चोरी
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो नै चोरी भएको छ ।
मध्यराति ठेचोबाट उक्त स्कर्पियो चोरी भएको पाइएको छ । स्कर्पियो हराएपछि प्रहरीमा उजुरी परेको छ ।
सीसीटीभी फुटेजमा एक व्यक्तिले स्कर्पियो लगेको देखिएको छ । स्कर्पियोका चालकसँग समेत प्रहरीले सोधपुछ गरेको छ । चालकले भने राति आफू सुतेको अवस्थामा चोरी भएकाले केही थाहा नभएको बताएका छन् ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया