Techie IT
KTM Post
शनिबार, २३ जेठ, २०८३

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेन्ज कति ?


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोपान फर्मास्युटिकल्स आईपीओ सुचीकृत भएको छ । शुक्रबार १०० रुपैयाँ अंकित दरका कुल १ करोड ७१ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारणको ४२ लाख ९० हजार कित्ता (२५ प्रतिशत) र संस्थापकको १ करोड २८ लाख ७० हजार कित्ता (७५ प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले सोपान फर्मास्युटिकल्सलाई प्रतिकित्ता न्यूनतम ९२.१५ रुपैयाँदेखि अधिकतममा २७६.४५ रुपैयाँ तोकेको छ।

कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोही व्यवस्थाबमोजिम यो कम्पनीको शेयर आउँदो सोमबारबाट कारोबारमा आउने भएको हो। शनिबार र आइतबार शेयर कारोबार हुँदैन।

त्यसैले सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।सोपान फर्मास्युटिकल्सले गत वर्ष वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने वैशाख १७ गते गरिएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट