तीन मन्त्री हटाउने समाचार भ्रामक : प्रधानमन्त्री कार्यालय
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारका तीन मन्त्रीलाई हटाउने तयारी गरेको भन्ने समाचार भ्रामक रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रसारित उक्त समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो। प्रधानमन्त्री शाहले हाल मन्त्रिपरिषद् पुनर्गठन वा मन्त्री हेरफेरबारे कुनै निर्णय नगरेको कार्यालयको भनाइ छ।
प्रधानमन्त्री कार्यालयले अपुष्ट सूचना र अफवाह फैलाएर जनतालाई भ्रमित नपार्न आग्रह गर्दै आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न अनुरोध गरेको छ।
यसअघि प्रधानमन्त्रीले तीन मन्त्री हटाउने तयारी गरेको दाबी गर्दै विभिन्न प्लेटफर्ममा समाचार तथा टिप्पणीहरू सार्वजनिक भएका थिए।
क्याटेगोरी : समाचार













प्रतिक्रिया