वैशाख ४ मा कांग्रेसले संसदीय दलको नेता छान्ने
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा दलको नेता चयन वैशाख ४ गते गर्ने भएको छ । निर्वाचन तालिका भने वैशाख २ गते आउने जनाइएको हो ।
दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको छ ।सहमतिको प्रयास जारी रहे पनि निर्वाचन प्रक्रियामा पनि जानुपर्ने जनाइएको छ ।
कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायत सांसदले प्रयास गरिरहेका छन् ।
कांग्रेस सभापति गगन थापाका ससुरा समेत रहेका केसीले पनि अझै दाबी छाडेका छैनन्। तर उपसभापति विश्वप्रकाश शर्माले केसीलाई अब विश्राम लिन आग्रह गरिसकेका छन्। पूर्वसभापति शेरबहादुर देउवानिकट रहेका आङदम्बे पनि दलको नेतामा दाबी गर्दै पछिल्लो समय संस्थापन पक्षमा खुलेका छन्।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया