अण्डाको मूल्य फेरि बढ्यो, प्रतिक्रेट कति पुग्यो ?
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ । नयाँ मूल्यसूची अनुसार प्रमुख साइजका अण्डाहरूमा प्रति क्रेट १५ रुपैयाँले बढेकाे छ ।
पछिल्लो ११ दिनको अन्तरालमा अण्डाको मूल्य यसरी बढेको हाे । एक्सएल अण्डा पहिले प्रतिक्रेट ५४५ रुपैयाँ रहेकोमा अब १५ रुपैयाँ बढेर ५६० रुपैयाँ पुगेको छ ।
ठुलो अण्डा पहिले प्रतिक्रेट ५३० थियो, अब १५ रुपैयाँ बढेर ५४५ रुपैयाँ पुगेको छ । यस्तै मिडियम अण्डा पहिले ५०० रुपैयाँ थियो, अब १५ रुपैयाँ बढेर ५१५ रुपैयाँ पुगेको छ ।
यसैगरी सानो अण्डाको मूल्य प्रति क्रेट नभई प्रति पेटी ३ हजार रुपैयाँ तोकिएको छ । यसअघि सानो अण्डा प्रतिक्रेट ४०० रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया