Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान


डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक डा गौरीशंकर लाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ। यस्तै, डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०२६ संस्थागततर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० लाई प्रदान गरिएको छ।

सोमबार आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गरेका हुन्। राष्ट्रिय शान्ति पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ भने अन्तर्राष्ट्रिय पुरस्कारअन्तर्गत प्रशंसापत्रसहित नेपाली संस्कृति झल्किने विशेष उपहार प्रदान गरिएको समितिले जनाएको छ।

पुरस्कृत डा दासले चिकित्सा विज्ञान, सार्वजनिक स्वास्थ्य, स्वास्थ्य नीति तथा मानवीय सेवाका क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका छन्। त्यस्तै, डा पोखरेलले नेपालमा नेत्रचिकित्सा सेवाको विस्तार, आधुनिक आँखा उपचार प्रणालीको विकास तथा नेपाल नेत्रज्योति संघको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

अन्तर्राष्ट्रिय सम्मान प्राप्त कोइकाले शिक्षा, स्वास्थ्य, सुशासन, सूचना प्रविधि, प्राविधिक शिक्षा, विपद् व्यवस्थापन र क्षमता विकासलगायतका क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ।

कार्यक्रममा शिक्षा र समाजसेवाको क्षेत्रमा योगदान पुर्‍याएको कदरस्वरूप प्रा डा मोहन लोहनी, प्रा डा जयराज आचार्य र प्रा डा प्रेमकुमार खत्रीलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो।
डा डिल्लीरमण रेग्मीको नाममा स्थापित उक्त पुरस्कारले शान्ति, मानवता र विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ। समितिले हालसम्म १२ पटक यो पुरस्कार प्रदान गरिसकेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट