Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षीले आज पनि अवरोध गर्लान् ?


काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफललाई निरन्तरता दिने कार्यसूची तय गरिएको छ।

संसद् सचिवालयका अनुसार बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम रहेको छ। साथै, अर्थ विधेयक तोकिएको अवधिभित्र फिर्ता नभएको सम्बन्धमा सदनलाई जानकारी गराइनेछ।

बैठकको सम्भावित कार्यसूचीमा चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने विषय पनि समावेश गरिएको छ।

यद्यपि प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ले सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएका छन्। सोही कारण आजको बैठक निर्धारित कार्यसूचीअनुसार सञ्चालन हुने वा पुनः अवरोधको सामना गर्ने भन्ने विषय भने अझै अनिश्चित रहेको छ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा आफ्नो विरोधलाई निरन्तरता दिइरहेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट