यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णयहरू
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णयहरू गरेको छ। शिक्षा मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएकाे जानकारी दिए ।
यसअन्तर्गत तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूले अब वन क्षेत्र प्रयोग गर्न पाउने उनको भनाइ छ ।
यस्तै सामान्य प्रशासन मन्त्रालयबाट आएको निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। यसैगरी, लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशाल कुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।
सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न बनेको समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
उनले अर्को प्रसंगमा काठमाडौँमा मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको र त्रिभुवन विश्वविद्यालयको बजेटमा कुनै पनि कटौती नहुने स्पष्ट पारे ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया