Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज दुई जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीले आजै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सुधन गुरुङले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा गोरखा–१ बाट निर्वाचित उनी यसअघि २७ दिन गृहमन्त्री बनेका थिए ।

गुरुङ गएको चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए। तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । त्यसपछि छानबिन भएको थियो । छानबिनबाट ‘क्लिनचिट’ पाएसँगै गुरुङ गृह मन्त्रालयमा फर्किएका हुन् ।

महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्। उनी तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट