Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्यो- कँडेल


काठमाडौं । नेकपा (एमाले)का सांसद पुष्पराज कँडेल ले सरकारले बुढीगण्डकी जलविद्युत आयोजना लाई पन्छाउन खोजेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री स्वर्णिम वाग्ले ले प्रस्तुत गरेको बजेटमा बुढीगण्डकी आयोजनाको वित्तीय व्यवस्थापनबारे कुनै स्पष्ट खाका नआएको भन्दै असन्तुष्टि व्यक्त गरे।

सांसद कँडेलले बजेटमा आयोजना प्राधिकरण मोडलमा लैजाने उल्लेख गरिए पनि त्यसको स्रोत, लगानी र कार्यान्वयनको स्पष्ट योजना नदेखिएको बताए। “कहिले प्राधिकरण, कहिले समिति भन्ने गरिएको छ, तर वित्तीय मोडल के हो भन्ने स्पष्ट छैन। सरकार आयोजना अघि बढाउनेभन्दा पनि पन्छाउनेतर्फ देखिएको छ,” उनले भने।

उनले बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको दाबी गरिए पनि त्यसअनुसार पर्याप्त बजेट विनियोजन नभएको टिप्पणी गरे। साथै, देशमा पूँजीगत खर्च न्यून रहेको अवस्थामा त्यसलाई कसरी बढाउने भन्ने विषयमा बजेट र विनियोजन विधेयक दुवै मौन रहेको उनको भनाइ थियो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट