Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुरले गरे कांग्रेसको क्रियाशील सदस्यता नवीकरण


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा का भतिजा तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा ले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार उनले धनगढी उपमहानगरपालिका–४ बाट आफ्नो सदस्यता नवीकरण गरेका हुन्। हाल अमेरिकामा रहेका प्रकाशबहादुरले अनलाइनमार्फत आवेदन दिई सदस्यता अद्यावधिक गराएका बताइएको छ।

नेपाली कांग्रेसले गत पुससम्म नवीकरण तथा नयाँ सदस्यता लिएका सदस्यहरूको विवरण अद्यावधिक गर्ने अभियान सञ्चालन गरिरहेको छ। वैशाख १ गतेदेखि सुरु भएको अद्यावधिक प्रक्रिया शुक्रबार मध्यरातसम्म कायम गरिएको थियो।

पार्टीभित्र क्रियाशील सदस्यता अद्यावधिकको विषयमा मतभेद देखिएको बेला देउवा निकट नेताले सदस्यता नवीकरण गरेको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सभापति देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा नेता शेखर कोइराला ले अद्यावधिक प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

यद्यपि, उनीहरूनिकट धेरै नेता तथा कार्यकर्ताले भने सदस्यता अद्यावधिक गरिरहेका छन्। कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने सदस्यहरू आगामी १५औँ महाधिवेशन मा सहभागी हुन नपाउने स्पष्ट गरिसकेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट