धनकुटामा बस पल्टिँदा ११ जना यात्रु घाइते
काठमाडौं । धनकुटामा बस पल्टिँदा ११ जना यात्रु घाइते भएका छन् । कोशी राजमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका-९ च्याङच्याङबारीमा मूलघाट नजिकै बस दुर्घटना भएको हो ।
संखुवासभाबाट सुनसरीको धरान जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
बस सडकमा पल्टिएपछि अवरुद्ध बनेको कोशी राजमार्गको धनकुटा मुलघाट खण्ड एकतर्फि रुपमा सञ्चालनमा आएको छ । बसमा १५ जना यात्रु सवार थिए ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया