Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

काभ्रे बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु


काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु हुनेको संख्या आठ जना पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा।३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन् ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट