५ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ५ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला२ लाख ९८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला २ लाख ९३ हजार २ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य ५ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया