Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट


काठमाडौं । सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा यस दिन कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २७ लाख ५९ हजार ४९० जनाले ३ करोड १ लाख ३२ हजार ५०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ४ लाख ६७ हजार ४०० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट