Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

विदेशी मुद्राको विनिमय : डलरको बिक्रीदर १५१ रुपैयाँ नाघ्दा अन्य मुद्रा कति?


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य १५१ रुपैयाँ नजिक पुगेको छ।

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ। यस्तै, एक युरोको खरिददर १७२ रुपैयाँ १६ पैसा तथा बिक्रीदर १७२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।
बेलायती मुद्रा पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०० रुपैयाँ ३५ पैसा तोकिएको छ। अस्ट्रेलियाली डलर एकको खरिददर १०४ रुपैयाँ १६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा कायम हुँदा क्यानेडियाली डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा रहेको छ।
त्यस्तै, सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

एसियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा कायम गरिएको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २२ पैसा र बिक्रीदर २२ रुपैयाँ ३१ पैसा तोकिएको छ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि महत्वपूर्ण मानिने खाडी मुलुकका मुद्राको विनिमय दर पनि सार्वजनिक गरिएको छ। साउदी रियाल एकको खरिददर ४० रुपैयाँ २० पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

यस्तै, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।

मलेसियाली रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २३ पैसा कायम हुँदा दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट