Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

भीएआर निर्णय र अर्जेन्टिनाको जीतसँगै प्रश्न उठ्यो


फिफा विश्वकपको प्रिक्वाटरफाइनल अन्तर्गत गएराति अमेरिकाको एटलान्टामा भएको खेलमा इजिप्टमाथि अर्जेन्टिनाको विवादास्पद जीतले प्रतियोगिताको वैधतामाथि प्रश्न उठेको छ ।

गएराति भएको खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले हराएको थियो । २ गोलले पछि परेको अवस्थामा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो । तर इजिप्टको दोस्रो गोल रद्द गर्ने भीएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनालाई जीतसम्म पुर्‍याउने घटनालाई लिएर चौतफी प्रश्न उठेको समाचार संस्था अलजजीराले लेखेको छ ।

चीनको शाङ्घाईमा रहेको एमलियोन बिजनेस स्कुलका अफ्रो–युरेसियन खेलकुदका प्राध्यापक साइमन चाडविकले इजिप्टको अग्रतालाई साँघुरो बनाउने भीएआरको निर्णय र त्यसपछि अर्जेन्टिनालाई फाइदा पुग्ने गरी गरिएका निर्णयहरू ‘असामान्य’ रहेको बताउनुभएको छ ।

रेफ्रीले तत्काल फाउल नदिएको तर इजिप्टले दोस्रो गोल गरिसकेपछि मात्र भीएआर किन हेरिएको भन्ने चाडविडको प्रश्न छ । इजिप्टका मारवान अत्तियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको जर्सी तान्दै खुट्टा कुल्चिँदा मैदानमा रहेका रेफ्रीले फाउल नदिएको अवस्थामा भीएआर अधिकारीहरूले किन त्यो विषय उठाएको भन्दै उहाँले प्रश्न गर्नुभयो ।

यस्तै अर्जेन्टिनाको तेस्रो गोलअघि इजिप्टका मोहम्मद सलाहमाथि त्यस्तै प्रकारको फाउन भएको देखिएको तर त्यति बेला भीएआर नहेरिएको फुटबल विश्लेषक अली एल गार्नीको भनाइ छ ।

यसैबीच इजिप्टका मुख्य प्रशिक्ष होसाम हसनले म्याच अफिसियलहरूमाथि दबाव दिइएको आशङ्का गरेका छन् । उनका अनुसार फुटबलका सबैभन्दा चर्चित खेलाडीमध्येका एक लियोनल मेसीलाई प्रतियोगितामा टिकाइराख्न यस्तो गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिपा प्रमुख जियानी इन्फान्टिनो जोडिएको विवाद साम्य हुन नपाउँदै विश्वपका अर्को विवाद शुरू भएको हो ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट