घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदी ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया