Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

३४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ३४ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मुल्य पनि प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी ४ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट