Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

एकैदिन ५ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय ७५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी प्रतितोला ५ हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट