Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब १९ करोड


काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १.६४ अंक घटेर २७११.२२ विन्दुमा झरेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। मंगलबार ३ अर्ब ४३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३६ स्टकको ४७ हजार ८४१ पटकको कारोबारमा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँबराबरको ७१ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको करिब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

यस दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १३.७४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने एनआईसी एशियन ग्रोथ फण्ड २ को इकाईमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट