सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ९३ करोड
काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ६.९४ अंक बढेर २७१८.१६ विन्दुमा पुगेको छ।नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। बुधबार ३ अर्ब १९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३४ स्टकको ४५ हजार ६५ पटकको कारोबारमा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँबराबरको ६६ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। कारोबारमा आएका वित्त, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ६८ लाख ३३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको करिब साढे १४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।
यस दिन स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १२.१९ प्रतिशत बढेको छ। मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया