Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २०० पुल बन्ने, पूर्व–पश्चिम राजमार्गका लागि साढे ३७ अर्ब


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ मा सडक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै देशभर १ हजार किलोमिटर सडक कालोपत्रे तथा २०० वटा सडक पुल निर्माण सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका सडक आयोजनाहरूलाई तीव्र गतिमा अघि बढाइने बताएका हुन्।
सरकारले पूर्व–पश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनमा विस्तार सम्पन्न गर्ने योजना अघि सारेको छ। यसअन्तर्गत निर्माणाधीन नारायणगढ–बुटवल र कमला–कञ्चनपुर सडक खण्डको काम चालु आर्थिक वर्षमै सक्ने लक्ष्य राखिएको छ। साथै, राजमार्गका थप ८० किलोमिटर खण्डको निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गरिने जनाइएको छ।
पूर्व–पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि सरकारले ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
त्यसैगरी, काठमाडौं–तराईरमधेस द्रुतमार्ग ९फास्ट ट्र्याक० निर्माणलाई तीव्रता दिन १७ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ। उक्त बजेट द्रुतमार्गअन्तर्गत निर्माणाधीन ४० वटा पुल र ४ वटा सुरुङमार्गको काम समयमै सम्पन्न गर्न केन्द्रित हुने सरकारको भनाइ छ।
तराई–मधेस क्षेत्रलाई जोड्ने हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड रुपैयाँ तथा पहाडी भूभागलाई समेट्ने मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, कर्णाली क्षेत्रको यातायात पहुँच विस्तार गर्न कर्णाली राजमार्गका लागि १ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ।
सरकारले रणनीतिक सडक सञ्जाल विस्तार, पुल निर्माण तथा ठूला पूर्वाधार आयोजनाको समयबद्ध कार्यान्वयनमार्फत आन्तरिक व्यापार, पर्यटन र आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने विश्वास लिएको जनाएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट