सामान्य अंक घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ३४ करोड
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। शुक्रबार नेप्से परिसूचक ४.०० अंक घटेर २७२४.०३ विन्दुमा झरेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बिहीबार ३ अर्ब ९० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४२ स्टकको ५४ हजार १७७ पटकको कारोबारमा ४ अर्ब ३४ करोड १० लाख ९४ हजार रुपैयाँबराबरको ९८ लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावटदर ०।५० प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिटि होटलको करिब २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे १३ प्रतिशत बढेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया