Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

इरानका पूर्वसर्वोच्च नेता खामेनीको तीन महिनापछि औपचारिक अन्त्येष्टिको तयारी


काठमाडौं । अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानी सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीको तीन महिनापछि अन्ति संस्कार गर्ने तयारी गरिएको छ।

इस्लामिक परम्परा अनुसार सामान्यतया मृत्यु भएको केही दिनभित्रै अन्त्येष्टि गरिनुपर्ने भए पनि इरान सरकारले यसलाई अनिश्चितकालका लागि स्थगित गरेको थियो।

गत फेब्रुअरी २८ मा आफ्नै निवासमा भएको हवाई हमलामा परी निधन भएको थियो। मार्च महिनाको सुरुवातमै अधिकारीहरूले दिएको जानकारी अनुसार, देशको विषम परिस्थिति र सम्भावित ठूलो जनसागरलाई व्यवस्थापन गर्न आइपर्ने सुरक्षा तथा प्राविधिक चुनौतीका कारण औपचारिक अन्त्येष्टि ढिलाइ गरिएको हो।

यो औपचारिक अन्त्येष्टि जुन महिनाको मध्यतिर हुने सम्भावना छ, यद्यपि निश्चित मिति र समय भने अझै सार्वजनिक नगरिएको न्युयोर्क टाइम्सले जनाएको छ। इरानको सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै तेहरानका उपमेयर मोहम्मद अमिन ताभाकोली जादेहले बिभिन्न तीन सहरमा शोक यात्राको तयारी गरिएको छ।

राजधानी तेहरान, प्रमुख धार्मिक केन्द्र कोम र खामेनीको जन्मस्थान मसादमा यात्रा हुनेछ। ऐतिहासिक र भावनात्मक मानिएको यो समयमा तेहरानमा मात्र करिब २ करोड मानिस भेला हुन सक्ने अनुमान गरी त्यही अनुसारको सुरक्षा प्रबन्ध मिलाउन सुरु गरिएको छ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट