कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गर्यो आक्रमण
काठमाडौं । इरानले कुवेत अन्तर्राष्ट्रि विमानस्थलमा आक्रमण गरेको छ। योसँगै विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ।
कुवेतको सरकारी समाचार एजेन्सीका अनुसार बुधबार इरानी ड्रोन र मिसाइल आक्रमणमा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै व्यक्ति घाइते भएका छन्। आक्रमणपछि उडानहरु रोकिएका छन् र अन्य विमानस्थलमा डाइभर्ट गरिएका छन्।
समाचार एजेन्सीका कुवेत नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै भनेको छ कि आक्रमणले अन्तर्राष्ट्रिय विमानस्थलको टी–१ भवनलाई लक्षित गरेको थियो र उडानहरु अर्को विमानस्थलमा डाइभर्ट गरिएको थियो।
यात्रुहरुलाई फायरिङबाट भग्नावशेष खस्नेबारे सावधान रहन चेतावनी दिइएको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया