रास्वपा महाधिवेशनः सुनिल लम्सालको उपसभापतिमा दाबी
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य सुनिल लम्सालले उपसभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।
लम्सालले पार्टीलाई थप सशक्त, व्यवस्थित र जनमुखी बनाउन आफू उपसभापति पदको प्रत्याशी बनेको बताएका छन्। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने क्रममा विभिन्न पदमा आकांक्षीहरूको सक्रियता बढिरहेका बेला लम्सालको उम्मेदवारीले उपसभापति पदको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
रास्वपाको नेतृत्व चयनका लागि महाधिवेशनमा प्रतिनिधिहरूबीच छलफल तथा सहमतिको प्रयास जारी रहेको छ। सहमति हुन नसके निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिने पार्टी स्रोतले जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया