रास्वपा महाधिवेशनः पदाधिकारीमा आकांक्षीहरूको लहर
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नयाँ नेतृत्व चयनको सरगर्मी बढ्दै गएको छ। विभिन्न पदमा नेताहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला सहमहामन्त्री पदमा आकांक्षीहरूको संख्या उल्लेख्य देखिएको छ।
प्राप्त जानकारीअनुसार सागर ढकाल, राजुनाथ पाण्डे, क्रान्तिशिखा धिताल, रमेश प्रसाई, दीपक बोहरा तथा अशोक चौधरीले सहमहामन्त्री पदमा दाबी गरेका छन्। एउटै पदमा धेरै नेताहरू आकांक्षी देखिएपछि सहमहामन्त्री पदको प्रतिस्पर्धा महाधिवेशनको प्रमुख आकर्षण बन्ने संकेत देखिएको छ।
यस्तै, पार्टी नेतृ लीमा अधिकारीले उपसभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेकी छन्। महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारहरूले प्रतिनिधिहरूसँग भेटघाट तथा समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्।
रास्वपाको पहिलो महाधिवेशनले आगामी नेतृत्व मात्र होइन, पार्टीको भावी राजनीतिक दिशा र संगठनात्मक संरचनासमेत निर्धारण गर्ने भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ।
दाबी प्रस्तुत गर्ने नेताहरू:
- उपसभापति : लीमा अधिकारी
- सहमहामन्त्री : सागर ढकाल
- सहमहामन्त्री : राजुनाथ पाण्डे
- सहमहामन्त्री : क्रान्तिशिखा धिताल
- सहमहामन्त्री : रमेश प्रसाई
- सहमहामन्त्री : दीपक बोहरा
- सहमहामन्त्री : अशोक चौधरी
चितवनबाट विशेष रिपोर्ट
क्याटेगोरी : राजनीति













प्रतिक्रिया