रास्वपाको निर्वाचन कार्यतालिका प्रभावित : बन्दसत्र सुरु हुन सकेन
चितवन । रास्वपाको पहिलो महाधिवेशन अन्तर्गत पूर्वनिर्धारित कार्यतालिका अनुसार यसबेला निर्वाचन प्रक्रिया सुरु भइसकेर उम्मेदवारी दर्ता प्रक्रिया चल्नुपर्ने थियो । तर, शीर्ष नेताहरू सहमतिको प्रयासमा जुट्दा बन्दसत्र नै सुरु हुन सकेन ।
यसैबिच रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्द सत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको बताएका छन् । ‘अब आज अरू निर्वाचन प्रक्रिया अघि बढ्दैन’, केसीले भने, ‘प्रतिनिधिहरूको कार्ड वितरण र अन्तिम नामावली प्रकाशन मात्र हुन्छ । बाँकी सबै भोलि हुन्छ ।’
यसैबिच नेताहरूबिच सहमतिका लागि पदको भागबन्डा नमिल्दा बन्दसत्र ढिलाइ भएको बताइएको छ । श्रोतका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा सहमति नजुट्दा बन्दसत्र प्रभावित बनेको हो ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया