Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रास्वपा सह–महामन्त्रीमा तीव्र प्रतिस्पर्धा, ४ पदका लागि २० भन्दा बढी नेताको दाबी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै जाँदा सह–महामन्त्री पदमा तीव्र प्रतिस्पर्धा देखिएको छ। पुरुषतर्फका ४ सह–महामन्त्री पदका लागि २० भन्दा बढी नेताहरू आकांक्षीका रूपमा देखिएका छन्।

सार्वजनिक रूपमा चर्चामा आएका नामहरूमा अर्निको पाण्डे, अशोककुमार चौधरी, इशा मुल्ला मियाँ, भोजे खवाङ, खगेन्द्र सुनार, जगदीश खरेल, जेम्स कार्की, दीपक बोहरा, प्रकाशचन्द्र परियार, पुकार बम, मेखबहादुर आले, यज्ञमणि न्यौपाने, रमेश प्रसाईँ, रहबर अन्सारी, राजुनाथ पाण्डे, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, सुशान्त वैद्य र हरि ढकाललगायत रहेका छन्।

पार्टीभित्र संगठन विस्तार, वैचारिक स्पष्टता र नेतृत्वको प्रभावकारितालाई मुख्य एजेन्डा बनाएर अधिकांश आकांक्षी चुनावी मैदानमा उत्रने तयारीमा छन्। महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वलाई आगामी निर्वाचन र पार्टीको दीर्घकालीन रणनीति निर्माणमा महत्वपूर्ण जिम्मेवारी रहने भएकाले सह–महामन्त्री पदमा समेत चासो बढेको हो।

रास्वपाको पहिलो महाधिवेशनमा नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई पार्टीभित्र लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट