Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

महामन्त्री चयनमा सहमति कि चुनाव ? रास्वपाभित्र बढ्यो रस्साकस्सी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै जाँदा पार्टीको महामन्त्री पदका लागि कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। दुई महामन्त्री पदका लागि वर्तमान पदाधिकारीसहित कम्तीमा ६ जना नेताले आकांक्षा व्यक्त गरेपछि नेतृत्व चयनलाई लिएर पार्टीभित्र चासो बढेको हो।

महामन्त्री पदका आकांक्षीहरूमा भूपदेव शाह, विराजभक्त श्रेष्ठ, मनीष झा, कविन्द्र बुलाकोटी, विपिन आचार्य र गणेश कार्की रहेका छन्। वर्तमान महामन्त्रीहरू समेत पुनः दौडमा रहने तयारीमा रहेको स्रोतले जनाएको छ।

पार्टीभित्र विभिन्न समूहबीच सहमति जुटाउने प्रयास जारी रहेकाले नेतृत्व चयन सर्वसम्मत बनाउने विकल्पमाथि पनि छलफल भइरहेको छ। स्रोतका अनुसार समायोजनको सहमतिअनुसार दुवै पक्षबाट एक–एक जना महामन्त्री चयन गर्ने विषयमा शीर्ष तहमा संवाद भइरहेको छ।

यद्यपि सहमति जुट्न नसके महामन्त्री पदका लागि निर्वाचन हुने सम्भावना बलियो देखिएको छ। महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारी चयनलाई लिएर रास्वपाभित्र राजनीतिक गतिविधि थप तीव्र बनेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट