रास्वपाको महिला सहमहामन्त्रीमा ८ नेतृको दाबी, महाधिवेशनअघि प्रतिस्पर्धा रोचक
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गर्दै १ महिलासहित ५ सहमहामन्त्री रहने व्यवस्था गरेपछि महिला सहमहामन्त्री पदमा आकांक्षी नेतृहरूको संख्या बढेको छ। हालसम्म इन्दिरा रानामगर, क्रान्तिसिखा घिमिरे, ज्वाला संग्रौला, निशा डाँगी, निशा मेहता, तोसिमा कार्की, बसुमाया तामाङ र रञ्जु दर्शनाले महिला सहमहामन्त्री पदका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन्।
पार्टीको पहिलो महाधिवेशन नजिकिँदै जाँदा उक्त पदमा सहमति जुटाउने प्रयास जारी रहे पनि आकांक्षीहरूको संख्या धेरै भएकाले प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। महाधिवेशन प्रतिनिधिहरूको समर्थन र नेतृत्वको निर्णयले अन्तिम समीकरण तय गर्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया