रास्वपामा उपसभापति पदमा कडा प्रतिस्पर्धा, वाग्ले–लम्साललाई सर्वसम्मत गराउने प्रयास
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै गर्दा उपसभापति (पुरुषतर्फ) का दुई पदका लागि नेताहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। रवि लामिछाने र बालेन शाह निकट समूहबाट गरी ६ जना नेताले उपसभापति पदमा आकांक्षा देखाएका छन्।
उपसभापतिका आकांक्षीहरूमा असिम शाह, सुनिल लम्साल, शिशिर खनाल, स्वर्णिम वाग्ले, गणेश पराजुली र सुदन गुरुङ रहेका छन्। पार्टीभित्र सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयासस्वरूप स्वर्णिम वाग्ले र सुनिल लम्साललाई सर्वसम्मत रूपमा उपसभापति बनाउने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।
महाधिवेशनअघि पदाधिकारी चयनलाई सहमतिमै टुंग्याउने प्रयास जारी रहे पनि आकांक्षीहरूको संख्या बढी भएकाले अन्तिम निर्णयमा चुनौती देखिएको छ। रास्वपाको नयाँ नेतृत्व चयनलाई लिएर पार्टीभित्रको शक्ति सन्तुलन र समूहगत समीकरणसमेत निर्णायक बन्ने विश्लेषण गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया