बन्दसत्र स्थगित, रास्वपा महाधिवेशन एक दिन लम्बियो
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार मात्रै हुने भएको छ। प्रतिनिधिको रुजु तथा परिचयपत्र (कार्ड) छपाइमा समस्या आएपछि सोमबारका लागि तय गरिएको बन्दसत्र स्थगित गरिएको पार्टीले जनाएको छ।
सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा रास्वपा प्रवक्ता मनिष झा ले व्यवस्थापकीय कमजोरीका कारण बन्दसत्र सञ्चालन गर्न नसकिएको बताउँदै मंगलबार मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु हुने जानकारी दिए।
उनले महाधिवेशन प्रतिनिधिहरूको बसोबास तथा अन्य व्यवस्थापनका लागि थपिएको एक दिनको आर्थिक भार व्यवस्थापनबारे पनि पार्टीले आवश्यक तयारी गरिरहेको बताए।
यसअघि रास्वपाले असार ७ देखि ९ गतेसम्म महाधिवेशन सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। बन्दसत्रको कार्यक्रम पछि सरेसँगै महाधिवेशनको अवधि पनि एक दिन थपिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया