सर्वोच्चको फैसलापछि अशोक राईद्वारा ‘समाजवादी पार्टी’ दर्ताका लागि निवेदन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजनको कानुनी मान्यता खारेज भएपछि नेता अशोक कुमार राईले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएका छन्। राई नेतृत्वको समूहले सोमबार निर्वाचन आयोग पुगेर ‘समाजवादी पार्टी’ नामक नयाँ दल दर्ताका लागि औपचारिक निवेदन दिएको हो।
अशोक राई अध्यक्ष रहेको पार्टीको उपाध्यक्षहरूमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दान बहादुर विश्वकर्मा रहेका छन् । त्यस्तै शरण कुमार राई उपमहासविच तथा सचिव पदमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भिम बहादुर तामाङ रहेका छन् ।
अध्यक्ष राईले ८ जना पदाधिकारी सहित २८ जनाको केन्द्रीय समिति सदस्यहरूको नामावली सहित दल दर्ताका लागि निवेदन दिएका हुन् ।
यसअघि अशोक राईको समूहले उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेको थियो । सो पार्टी फुटविरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा पार्टीफुट गैरकानूनी भएको भन्दै सोविरुद्ध मुद्दा दिएका थिए । सोही मुद्दाको फैसला बमोजिम सर्वोच्चले अशोक राई नेतृत्वको जसपालाई कानुनी मान्यता नदिएपछि अशोक राईको समूह पार्टी विहीन बन्न पुगेको थियो ।
त्यसपछि राई पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया