विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दल तथा केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टीका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा संसदीय दलको बैठक बस्नेछ । त्यस्तै, साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सचिवालय बैठक आयोजना गरिएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि विकसित परिस्थितिका साथै पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया