Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रास्वपा महाधिवेशन: भरतपुरमा प्रतिनिधि परिचयपत्र वितरण सुरु, नौ छुट्टाछुट्टै काउन्टरबाट वितरण गरिँदै


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रका लागि प्रतिनिधि परिचयपत्र वितरण कार्य सुरु भएको छ। महाधिवेशनको बन्दसत्रलाई व्यवस्थित, सहज र छिटोछरितो रूपमा सञ्चालन गर्ने उद्देश्यले विभिन्न नौ वटा काउन्टरमार्फत परिचयपत्र वितरणको व्यवस्था गरिएको पार्टीले जनाएको छ।

रास्वपा चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार देश तथा विदेशबाट महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूको सुविधालाई ध्यानमा राख्दै सातै प्रदेश, प्रवास र समायोजन समूहका प्रतिनिधिहरूका लागि छुट्टाछुट्टै काउन्टर व्यवस्था गरिएको छ।

उनका अनुसार प्रतिनिधिहरूको अन्तिम सूची टुंगो लाग्न केही समय लागेकाले स्वचालित प्रणालीमार्फत परिचयपत्र छपाइ गर्नुपरेको र त्यसका कारण वितरण कार्यमा केही ढिलाइ भएको हो।

आयोजक पक्षले परिचयपत्र वितरण कार्य सम्पन्न भएलगत्तै महाधिवेशनको औपचारिक बन्दसत्र सुरु हुने जनाएको छ।

रास्वपाको बहुप्रतीक्षित बन्दसत्र भरतपुरस्थित उद्योग संघ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा सञ्चालन हुने छ, जहाँ पार्टीको भावी नेतृत्व, विधान संशोधन, राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट