Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बहुप्रतीक्षित बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ।

महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार हाल महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र (कार्ड) वितरण गर्ने कार्य भइरहेको छ। प्रतिनिधिहरूको परिचयपत्र वितरण सम्पन्न भएपछि बन्दसत्र औपचारिक रूपमा सुरु गरिनेछ।बन्दसत्रको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको छ। बन्दसत्रमा पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल हुनुका साथै विधान संशोधन र नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइने अपेक्षा गरिएको छ।चितवनमा आइतबारदेखि सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी दिशा, संगठन विस्तार र नेतृत्व चयनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट