Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रास्वपा महाधिवेशनको बन्दसत्रमा छैनन् बालेन


काठमाडौं । रास्वपाको भरतपुरमा सुरु भएको बन्दसत्रमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह अनुपस्थित भएका छन् । भरतपुरस्थित उद्योग सङ्घको हलमा सुरु भएको बन्दसत्रमा प्रधानमन्त्री बालेन अनुपस्थित भएका हुन् ।

प्रधानमन्त्री पनि केहीबेरमा सहभागी हुने जनाइएको छ । तर उनी कतिबेला सहभागी हुने भन्नेबारे भने केही खुलाएको छैन । तीन दिनदेखि जारी महाधिवेशनमा संगठनात्मक संरचना, नेतृत्व चयन प्रक्रिया तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल भइरहेको छ।

बन्दसत्रको सुरुमा सभापति रवि लामिछानेले सम्बोधन गरेका थिए ।

तीन दिनदेखि जारी महाधिवेशनमा संगठनात्मक संरचना, नेतृत्व चयन प्रक्रिया तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल भइरहेको छ।

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट