रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, सबैभन्दा धेरै सदस्य मधेस प्रदेशमा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको जनाएको छ।
चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा पार्टीको सदस्यता विवरण सार्वजनिक गरिएको हो।
प्रतिवेदनअनुसार रास्वपामा ३ लाख ९६ हजार ७८९ पुरुष सदस्य रहेका छन् भने ८९ हजार ८९६ महिला सदस्य रहेका छन्। बाँकी सदस्य अन्य वर्गअन्तर्गत समावेश गरिएको जनाइएको छ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै सदस्य मधेस प्रदेशमा रहेका छन्। कुल सदस्य संख्यामध्ये मधेस प्रदेशको हिस्सा २३.३ प्रतिशत रहेको छ। त्यस्तै बागमती प्रदेशमा २०.५ प्रतिशत, लुम्बिनीमा १४.५ प्रतिशत, कोशी प्रदेशमा १४ प्रतिशत, गण्डकीमा ११.८ प्रतिशत, सुदूरपश्चिममा १०.६ प्रतिशत तथा कर्णाली प्रदेशमा ५.२ प्रतिशत सदस्य रहेका छन्।
महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले पार्टीको संगठनात्मक विस्तार र देशभरको सदस्यता अवस्थाबारे जानकारी दिएको छ। रास्वपाले आगामी दिनमा संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई थप प्राथमिकता दिने जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया