Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा उम्मेदवारी दर्तासम्बन्धी कडा मापदण्ड लागू गरिएको छ।पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार अब कुनै पनि उम्मेदवारका प्रस्तावकले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न नपाउने भएका छन्। त्यस्तै, समर्थकले पनि एकभन्दा बढी उम्मेदवारका लागि हस्ताक्षर गर्न नपाउने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार सभापति पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य हुनेछ। त्यस्तै, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र कम्तीमा २१ जना समर्थकको विवरण अनिवार्य गरिएको आयोगले जनाएको छ।

आयोगले नियम विपरीत दाखिला भएका मनोनयन स्वतः अमान्य हुने स्पष्ट पारेको छ। महाधिवेशनको बन्दसत्र सुरु भएपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइने रास्वपाले जनाएको छ।

महाधिवेशनमार्फत पार्टी नेतृत्व चयन प्रक्रिया थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्य राखिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट