Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

ग्यालेक्सी फोरके टेलिभिजनको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता हुन्छ : मन्त्री प्रतिभा रावल


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी ठगी प्रकरणमा बचतकर्ताको रकम फिर्ता प्रक्रिया अवरुद्ध भएको विषयमा तत्कालीन सरकारको भूमिकामाथि प्रश्न उठाएकी छन्।

उनले सहकारी ठगीका मुख्य अभियुक्त जिबी राईसँग सम्बन्धित सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुपर्ने भए पनि विभिन्न कारणले प्रक्रिया अघि बढ्न नसकेको बताइन्।

मन्त्री रावलका अनुसार बचतकर्ताको हितलाई प्राथमिकता दिनुपर्ने अवस्थामा राजनीतिक प्रतिशोध र सरकारी लापरबाहीका कारण रकम फिर्ता गर्ने काम प्रभावित भएको हो।

उनले तत्कालीन सरकारको ध्यान पीडित बचतकर्ताको समस्या समाधानभन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने र राजनीतिक रूपमा कमजोर बनाउनेतर्फ केन्द्रित रहेको आरोपसमेत लगाइन्।

मन्त्री रावलले ग्यालेक्सी फोरके टेलिभिजनसँग सम्बन्धित सिलबन्दी सम्पत्तिको विषय पनि उठाएकी छन्।

उनका अनुसार उक्त सम्पत्ति समयसँगै मूल्यहीन बन्दै गइरहेको छ र कानुनी प्रक्रिया पूरा गरी बिक्री गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने विकल्पबारे विचार गर्न सकिने अवस्था रहेको छ।उनले सहकारी पीडितको रकम फिर्ता सुनिश्चित गर्न व्यवहारिक र प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याइन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट