Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रास्वपा महाधिवेशनमा बेलुका ७:३० बजेबाट मतदान सुरु गरिने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।

बुधबार दिउँसो रास्वपा निर्वाचन आयोगले उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

आयोगका अनुसार, बेलुका ५ बजेसम्म उमेदवारविरुद्ध दाबीविरोध गर्न सकिनेछ । बेलुका ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

७ः३० मा मतदान सुरु हुने प्रवक्ता मनिष झाले बताए । चार घण्टामा मतदान सकिने आकलन गरिएको छ । बिहीबार बिहान ९ बजे पदाधिकारीको मतदान गर्ने तयारी गरिएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट