बिहान पौने ७ बजेसम्म १८ सयले गरे मतदान
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भइरहेको विद्युतीय मतदानमा बिहान ७ बजेसम्म करिब १ हजार ८ सय प्रतिनिधिले मत खसालेका छन्।
बुधबार राति १२ बजेदेखि सुरु भएको मतदान मध्यान्ह १२ बजेसम्म सम्पन्न गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिका लागि २ सय ८४ जना उम्मेदवार चुनावी मैदानमा छन्। महाधिवेशनमा करिब ४ हजार २ सय प्रतिनिधि मतदाताको सहभागिता रहेको छ।
निर्वाचन प्रक्रिया विद्युतीय प्रणालीमार्फत सञ्चालन भइरहेको छ। मतगणना मतदान सकिएलगत्तै सुरु गरिने जनाइएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया