Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

सांसदलाई तालिम दिँदै संसद् सचिवालय


काठमाडौं। संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्यहरूका लागि दुई दिने संसदीय प्रक्रिया तथा अभ्याससम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

संसदीय प्रशिक्षण शाखाले जारी गरेको सूचनाअनुसार असार १५ र १६ गते सांसदहरूलाई तालिम प्रदान गरिनेछ। शाखाका उपसचिव बाबराम बस्यालद्वारा जारी सूचनामा प्रतिनिधिसभाका सबै सदस्यलाई कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन अनुरोध गरिएको छ।

तालिमको पहिलो दिन असार १५ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ भने दोस्रो दिन असार १६ गते बिहान ११ बजेदेखि अपराह्न ३ः३० बजेसम्म कार्यक्रम तय गरिएको छ।

संसद् सचिवालयका अनुसार अभिमुखीकरण कार्यक्रममा संसदीय प्रक्रिया, अभ्यास, विधेयक निर्माण, संसदीय मर्यादा तथा प्रतिनिधिसभा सदस्यको भूमिका र जिम्मेवारीका विषयमा जानकारी गराइनेछ।

संसदीय कार्यलाई थप प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउन उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको सचिवालयले जनाएको छ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट