तीन महिनामै ५८४ निजामती कर्मचारीको राजीनामा
काठमाडौं । वर्तमान सरकार गठन भएको तीन महिनाको अवधिमा ५८४ जना निजामती कर्मचारीले सरकारी सेवाबाट राजीनामा दिएका छन्। राष्ट्रिय किताबखानाको तथ्यांकअनुसार पछिल्लो समय सरकारी सेवा छाड्ने कर्मचारीको संख्या उल्लेख्य रूपमा बढेको देखिएको हो।
सरकारी सेवाबाट कर्मचारी बाहिरिने क्रम तीव्र हुनुको एउटा प्रमुख कारण प्रस्तावित निजामती सेवा ऐन रहेको विश्लेषण गरिएको छ। अवकाश उमेर, पेन्सन तथा सेवा–सुविधासम्बन्धी व्यवस्थामा परिवर्तन हुन सक्ने चर्चा चलेपछि भविष्यका सुविधामा असर पर्ने आशंकाले धेरै कर्मचारीले समयमै राजीनामा दिएको बताइन्छ।
यद्यपि, प्रस्तावित निजामती सेवा ऐन अझै अन्तिम रूपमै पुगिसकेको छैन। सम्बन्धित कानुनी प्रक्रिया पूरा भएपछि मात्रै ऐनको अन्तिम स्वरूप र त्यसअन्तर्गतका व्यवस्था लागू हुने सरकारको भनाइ छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया