संसद् भवनमा इन्टरनेट अवरुद्ध हुँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
काठमाडौं । सिंहदरबारस्थित संसद् भवनमा इन्टरनेट नहुँदा प्रतिनिधिसभाको लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । बिहानदेखि इन्टरनेटमा समस्या देखिएकाले बैठकको प्रत्यक्ष प्रसारण सञ्चालन हुन नसकेको हो।
प्राविधिक समस्या समाधानका लागि सम्बन्धित प्राविधिक टोली निरन्तर काम गरिरहेको जानकारी दिँदै इन्टरनेट सेवा पुनः सञ्चालनमा आएलगत्तै प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।
समस्या समाधानका लागि आवश्यक प्राविधिक प्रयास जारी रहेको छ।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया